यातायात व्यवस्था विभागको सर्भरमा समस्या, सम्पूर्ण सेवा अनिश्चतकालका लागि बन्द

काठमाडौं, ९ चैत । देशभरका यातायात व्यवस्था विभाग कार्यालयको सर्भरहरूमा विद्युतीय समस्या देखिएको छ ।

सर्भरमा समस्या देखिएपछि विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

विभागले बुधवार एक सूचना निकाल्दै अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुनेछ ।

‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here