दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं, ९ चैत । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यो साता उकालो लागिरहेको बजार कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँ बराबरको ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये २ हरियो भएको छ । भने ११ वटा घटेको छ । घट्दो बजारमा राष्ट्र उत्थान लघुवित्त वित्तिीय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७४५ रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६९१.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज बुद्धभुमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

यी कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआइसी एशिया बैकको शेयर किनबेच भएको छ ।

यस कम्पनीको ८ करोड ४१ लाख भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा जीवन विकास लघुवित्तको कारोबार भएको छ । यसको ८ करोड ४० भन्दा बढीको कारोबार भएको छ ।

तेस्रोमा अरुण भ्याली कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड १७ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here