यातायात व्यवस्था विभागले भन्यो– ‘बिहीवार बिहान ६ बजेसम्मका लागि सेवा बन्द’

काठमाडौं, ९ चैत । देशभरका यातायात व्यवस्था विभाग कार्यालयको सर्भरहरूमा विद्युतीय समस्या देखिएको छ ।

सर्भरमा समस्या देखिएपछि विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

विभागले दोस्रोपटक सूचना जारी गरेर अनिश्चितकालका लागि बन्द भनिएको सेवा भोलिसम्मका लागि मात्रै बन्द हुने जनाएको छ ।

विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बिहीबार बिहान ६ बजेसम्मका लागि मात्रै सेवा बन्द हुने विभागले जनाएको छ ।

यो निर्णयसँगै अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुनेछ ।

यसअघि विभागले सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आज साँझ ५ बजेदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरिएको सूचना निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here