मदन पुरस्कारका लागि सात कृति छनोट, कसले पाउला ?

काठमाडाैं, २५ असार । नेपालकाे सर्वाधिक चर्चित र प्रतिष्ठित साहित्यिक पुरस्कार मदन पुरस्कारकाे लागि प्रारम्भिक छनाैटमा सात कृति परेका छन् ।

मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको बुधबार जानकारी दिएकाे हाे ।

छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् ।

गुठीका अध्यक्ष कुन्द दिक्षितले बुधबार जारी गरेकाे विज्ञप्तीमा पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिशमा ती सात कृतिको नाम सार्वजनिक गरिएको जनाइएकाे छ ।

छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राशी २ लाख रूपैयाँ रहेकाे छ ।

नेपाली साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्वपूर्ण मानिन्छ । गत वर्षकाे मदन पुरस्कार निलम कार्की निहारिकाकाे ‘याेगमाया’ कृतिले जितेका प्राप्त गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here