पेन्सन कोषमा रहेको ३ अर्ब ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

काठमाडौं, ११ चैत । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ३ अर्ब ४५ रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

बैंकले शुक्रवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी बैशाख २ देखि २०८० बैशाख गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ७६ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ५१ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १७ करोड २५ लाख रुपैयाँ गरी कूल ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

उक्त लगानी रकम आउँदो २०७९ बैशाख ४ गतेदेखि २०८० बैशाख ५ गते ३६६ दिनका मुद्दति निक्षेपको रुपमा रहने बैंकले जनाएको छ ।

बैंकले मुद्दती निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई चैत १५ गते ५ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।

यस्ता छन् शर्तहरुः

-आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्नेछ ।

-निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।

-रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।

-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here