शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

काठमाडौं, ११ चैत । नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै ‘विकास ऋणपत्र २०८६ ‘घ’ को ब्याज भुक्तानी सहजहोस् भनेर शनिवार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने जनाएको छ ।

आरटीजीएस भनेको कोष स्थानान्तरण गर्ने प्रणाली हो । जसबाट एक बैंकबाट अर्को बैंकमा रकम तथा ऋणपत्रहरु स्थानान्तरण गरिन्छ ।

यसलाई रियल टाइम ग्रस सेटलमेन्ट अर्थात वास्तविक समयमा कुल पछर्यौंट प्रणाली भनिन्छ।

आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।

यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय ९रियल टाइम० मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here