पूँजी वृद्धिको प्रभाव: निर्जीवन र जीवन बीमा दुबै कम्पनीको शेयर मूल्यमा उछाल

काठमाडौं, १३ चैत । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बिहीबार बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ ।

समितिले अब जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब पुर्याउनु पर्ने निर्णय गरेको हो ।

जसको प्रभाव शेयर बजारमा परेको छ । आइतवारको कारोबार भएसँगै बजारमा बीमा कम्पनीमा उछाल देखिएको छ ।

निर्जीवन र जीवन बीमा दुबै कम्पनीको शेयर मूल्य बढेको छ ।

११ बजेर ५० मिनेट जाँदासम्म सानिमा जनरल इन्स्योरेन्स, प्रभु लाइफ अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको शेयर मूल्य क्रमशः ५ प्रतिश भन्दा धेरैले बढेर कारोबार भैरहेको छ ।

बढी कारोबार गर्नेको अग्रस्थानमा सबै बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयर कारोबार भइरहेको छ ।

चुक्ता पूँजी बढाउने निर्णयसँगै नेपाल लाइफ इन्स्योरेन्सबाहेक सबै कम्पनीलाई मर्जमा जाने कि हकप्रदमा जान दवाव पर्ने देखिन्छ । धेरैजसो कम्पनीहरूले अब हकप्रद मार्फत चुक्ता पुँजी पुर्‍याउने वा प्रमोटरबाट पैसा उठाएर चुक्ता पुँजी बढाउने दुई विकल्प मात्रै रहेका छन्।

मुख्यत कम्पनीहरूले हकप्रद मार्फत जनताको पैसा उठाउन सहज हुने भएकाले सोही साहरा लिने छन्।

हकप्रदकै साहरामा केही वर्ष अगाडि बैंक तथा वित्तिय संस्थाहरूको चुक्ता पुँजी बढाउन सेयर भ्यालुको हिसाब अहिलेसम्म पनि माथि उठ्न सकेका छैनन्।

समितिको नयाँ निर्देशनसँगै नेपाल लाइफ इन्स्योरेन्सबाहेक अन्य कम्पनीहरुले २०७९ चैत मसान्तसम्म कम्तीमा पनि ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनु पर्नेछ ।

नेपाल लाइफको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी अर्थात ८ अर्ब २० करोड ७८ लाख रुपैयाँभन्दा बढी भएकाले कम्पनीलाई पूँजी वृद्धिको लागि दबाव छैन । जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीले आइपीओ जारी गर्न बाँकी छ ।

जसमा महालक्ष्मी, सिटिजन्स, सन नेपाल, रिलायबल र आईएमई लाइफ इन्स्योरेन्सहरु हुन् । उनीहरुले हाल आईपीओ निष्काशन गर्ने प्रकृयामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here