एक्सनएड नेपालको १८ औं राष्ट्रिय सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

काठमाडौं । एक्सनएड नेपालले आफ्नो १८ औं राष्ट्रिय सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार भएको कार्यक्रममा एक्सनएड नेपालले सन् २०२१ मा सम्पन्न गरेका कार्यक्रमहरुको लागत, प्रभावकारिता र उपलब्धिको प्रस्तुति र छलफल गरेको थियो।

नीति तथा कार्यक्रम प्रमुख सरोज पोखरेलले उपलब्धिहरु प्रस्तुत र संस्थाका प्रशासन तथा वित्त प्रमुख कुमार जंग ठकुरीले सन् २०२१ मा भएको संस्थाको आयब्यय विवरण प्रस्तुत गरेका थिए ।

सन् २०२१ मा संस्थाले ३६ करोडको हाराहारीमा खर्च सञ्चालन गरेकोमा ८४ प्रतिशत कार्यक्रमतर्फ, ३ प्रतिशतकोष अभिबृद्धी तर्फ, १ प्रतिशत शुसासनतर्फ र १२ प्रतिशत कार्यलय व्यवस्थापनतर्फ खर्च भएको तथ्यांक सार्वजनिक भएको छ ।

एक्सनएड नेपालले विगत ४० वर्षदेखि गरिबी निवारण, सामाजिक न्याय र असमानता विरुद्ध काम गरिरहेको छ।

कार्यक्रममा एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले सन् २००२ देखि स्थानीय स्तरमा तथा सन् २००४ देखि राष्ट्रिय स्तरमा जवाफदेहीता तथा पारदर्शिता सुनिश्चित गर्न एक्सनएड नेपालले निरन्तर रुपमा वार्षिक रुपमा सामाजिक लेखाजोखाको आयोजना गर्दै आएको बताइन्।

कार्यकारी निर्देशक माथेमाले वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम गर्दा गत वर्षमा प्राप्त परिणामहरुको सहभागिता मूलक प्रक्रियाद्वारा पुनरावलोकन तथा मूल्यांकन गरी भावी कार्यक्रमलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सरोकारवालाहरुको रचनात्मक तथा आलोचनात्मक सुझावहरु संकलन गर्ने अवसर दिएको बताइन्।

समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टले लेखाजोखा कार्यक्रमलाई सम्वोधन गर्दै गैरसरकारी संस्थाका क्रियाकलापहरुको पारदर्शिताको प्रश्न दिगो विकास लक्षसँग जोडिएको धारणा राखेका थिए ।

यदि संस्थाहरुले पारदर्शिताको सेवालाई सहि सम्वोधन गरिदिने हो भने दिगो विकास लक्ष्यका सम्बन्धित सूचकहरुमा लक्ष्य पुरा गर्न सहज हुने उनको धारण थियो ।

कार्यक्रमममा सरकारी निकायका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, लक्षित समुदायका प्रतिनिधि, साझेदार संस्था, सरोकारवाला, सञ्चार माध्यम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र शुभचिन्तकहरुले सहभागिता जनाएका थिए ।

यस संस्थाले सरकार, सामाजिक संजाल/संगठन, नागरिक समाजसँग समन्वय, सहकार्य र साझेदारी गरी बिपन्न र सीमान्तकृत समुदायको क्षमता अभिवृद्धि, संंगठन निर्माण गरी आफ्नो हक अधिकार दाबी गर्न सक्षम बनाई सम्मानजनक जीवन यापनका लागि देशका बिभिन्न क्षेत्रमा सहयोगी भूमिका खेल्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here