सर्लाहीको फूलजोर खोला पुलबाट बस खस्यो, चार जनाको मृत्यु

काठमाडौं, १३ चैत । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढे ११ बजेतिर पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । उक्त दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएको छन् ।

दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आशंका छ । घटनाको थप विवरण भने आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here