किन बिग्रियाे शिल्पा र छविको सम्बन्ध ? दिइन् छवि विरुद्ध उजुरी

काठमाडौं, २५ असार । चलचित्र निर्माता छविराज ओझा र उनकी पत्नी तथा अभिनेत्री शिल्पा पोख्रेलको बीचको सम्बन्धमा दरार आएको छ ।

शिल्पाले गत आइतबार छवि विरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी दर्ता गरेपछि दुईको सम्बन्ध बिग्रिएको कुरा छताछुल्ल भएको हो ।

अर्की अभिनेत्री रेखा थापासंग सम्बन्धविच्छेद भएपछि छविले शिल्पासँग तीन वर्ष अगाडि विवाह गरेका थिए । तर, यी दुईले गत वर्ष मात्रै आफूहरु वैवाहिक बन्धनमा बाँधिएको कुरा सार्वजनिक गरेको थिए ।

विगत केही समयदेखि उनीहरुको सम्बन्धमा खटपट आएको अपुष्ट हल्लाहरु आइरहेका थिए । यस्तैमा शिल्पाले छवि विरुद्ध उजुरी दिएपछि उनीहरुको सम्बन्ध धरापमा रहेको सार्वजनिक भएको छ ।

यस्तै शिल्पाले छविसँग सम्बन्धविच्छेद चाहेको कुरा पनि बाहिर आएको छ । तर, दुवैले सञ्चारमाध्यममा यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । प्रहरीले दुवैलाई छलफलको लागि बुधबार बोलाएको छ ।

म्यूजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी शिल्पालाई छविले आफ्नो निर्माण रहेको ‘लज्जा’ बाट नेपाली रजतपटमा प्रवेश गराएका थिए ।

त्यसयता उनले छविको निर्माणमा बनेका विभिन्न फिल्महरुमा अभिनय गर्दै आएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here