मञ्जुश्री फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र मञ्जुश्री फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ लाख ८२ हजार ४ सय ८२ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

यस्तै, मञ्जुश्री फाइनान्सको ४० प्रतिशतले हुन आउने ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता बोनस सेयर सूचीकृत भएको हो। फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here