शेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक २५०० मा ओर्लियो

काठमाडौं, १३ चैत । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३२ कम्पनीको ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ बराबरको ८९ लाख २३ हजार १४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार कम्पनीको ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्य १ वटाको बढेको छ भने अन्यको राताम्मे भएका छन् । धेरै गुमाउने अन्य समूहका लगानीकर्ता रहेका छन् ।

निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०९ प्रतिशतले बढेको छ भने अन्य समूह सबैभन्दा धेरै ४.३६ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अपी पावर कम्पनीको शेयर किनबेच भएको छ । यस कम्पनीको २७ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा गुराँस लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । यसको १७ करोड ५१ लाख भन्दा बढीको कारोबार भएको छ । तेस्रोमा एभरेष्ट इन्स्योरेन्सको १६ करोड ३१ लाख बढीको कारोबार भएको छ ।

घट्दो बजारमा पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३ सय रुपैयाँ पुगेको ।

राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९०१.४० रुपैयाँ पुगेको छ । त्यस्तै, इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८३६.७० रुपैयाँ पुगेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६५६ रुपैयाँ र जनरल इन्स्योरेन्स कम्पनीको ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ६५८ रुपैयाँ पुगेको छ ।

उच्च अंकले घटेको बजारमा आज मल्टी प्रपोज फाइनानसका शेयरधनीले सबैभन्दा धेरै ५.५० प्रतिशत गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here