पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिए, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, १३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ गरी २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ३३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६४ हजार ८२३ पुगेको छ । संक्रिय संक्रमितको संख्या १ हजार ५५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here