नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं, १४ चैत । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई चैत्र २० गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको हो ।

कम्पनीमा रहेको लगानीयोग्य रकम १ वा २ वर्षको लागि मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।

लगानीयोग्य रकम क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र व्याजदर उल्लेख गरी यस कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम | (कम्पनीको वेभसाईट www.nepalre.com.np मा उपलब्ध) भरी मिति | २०७८/१२/२० गते कार्यालय समय भित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको सूचनामा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here