रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट

काठमाडौं, १४ चैत । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३१ कम्पनीको २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँ बराबरको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् ।

घट्दो बजारमा बैंकिङ ८, ब्यापार ६०, होटल तथा पर्यटन २४, विकास बैंक ७५, जलविद्युत् २४, फाइनान्स ४९, निर्जीवन बीमा २५२, उत्पादन ८४, माइक्रोफाइनान्स ४० र जीवन बीमा ३४२ अंकले घटेका छन् ।

बुधवारदेखि बजार ओरालो लाग्दै आएको छ । सोमबार कारोबारको आधारमा सबैभन्दा बढी जीवन विकास लघुवित्तको शेयर किनबेच भएको छ ।

यस कम्पनीको २२ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा अपी पावर कम्पनीको ९ करोड ३० लाख बढीको कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९९१.५० रुपैयाँ पुगेको छ ।

इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९२०.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज करिब ५ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here