पल्सर डेयर भेन्चर ४ को आवेदन खुल्ला, विजेतालाई १० लाख नगद र एनएस २००

काठमाडौं, २५ असार । साहसी मोटरसाइकल चालकको लागि लक्षित पल्सर डेयर भेन्चर ४ बाइक रियालिटी शो को आवेदन खुल्ला गरिएको छ ।

बजाज मोटरसाइकलको नेपाल स्थित अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर डेयर भेन्चर सिजन ४ ल्याएको हो । यसको तीन संस्करणहरु भइसकेका छन् । सन् २०१४, २०१५ र २०१७ मा भइसकेको डेयर भेन्चर यसपटक भने नेपाल बाहिर हुनेछ ।

कम्पनीका अनुसार यसपटकको डेयर भेन्चर मोटरसाइकल चालकहरुको लोकप्रिय गन्तव्य भारतको लद्दाखमा हुनेछ । यसपटक बजाज मोटरसाइक राइडर बाहेकले पनि पल्सर डेयर भेन्चर ४ मा सहभागिता जनाउन सक्ने बताइएको छ ।

शोमा भाग लिनको लागि आवेदन दिने अवधि २३ जुलाई २०१९ अर्थात श्रावण ७ गतेसम्मको लागि तोकिएको छ ।

डेयर भेञ्चर विजेताले विदेशी भूमिको रोमान्चक अनुभवका साथै १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्ने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here