अपी पावर र साल्ट ट्रेडिङको शेयरमा मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, १५ चैत । साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

समायोजनपछिको मूल्य ४ हजार ६८३ रुपैयाँ ६४ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ ।

कम्पनीको चैत्र ६ गते(आइतबार)बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते (बुधबार) बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै अपी पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज कारोबार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ४६६.९० रुपैयाँका आधारमा हकप्रद जारी पछिको शेयरमूल्य ३६३ रुपैयाँ २७ पैसा कायम गरेको छ । सोही मूल्यका आधारमा नै कम्पनीको शेयरमूल्य खुल्नेछ ।

कम्पनीले चैत २५ गतेदेखि १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन तथा बिक्री गर्न गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here