इन्धन खपत घटाउन आइतवार सार्वजनिक बिदा र जोरविजोरसहित १० बुँदे प्रस्ताव

काठमाडौं, १५ चैत । नेपाल आयल निगमले देशको आयात घटाउनका लागि सवारीमा जोर–विजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको छ।

निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई शनिबार र आइतबार सार्वजनिक बिदासहित १० बुँदे प्रस्ताव पठाएको हो।

सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने शनिबारसँगै आइतबार पनि बिदा दिन प्रस्ताव गरेको गरिएको निगमले जनाएको छ ।

इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्कलगायत गरी प्रतिलिटर १५ रुपैयाँ घटाउन पनि निगमले माग गरेको छ। ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ ।

पेट्रोल र डिजलबाट चल्ने सवारीसाधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारीसाधनमा प्रोत्साहन गर्ने, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव गर्ने प्रस्ताव पनि निगमको छ।

यस्तै, सरकारी बैंकहरु, नागरिक लगानी कोष, संचय कोष जस्ता संस्थाहरुबाट, निगमलाई आवश्यक पर्ने रकम सहज र सरल रुपमा उपलब्ध गराउने व्यवस्थाका लागि अर्थ मन्त्रालयले प्रत्यक्ष रुपमा सहयोगी भूमिका खेल्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here