शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार झनै खस्कियो

काठमाडौं, १५ चैत । शेयर बजारमा दोहोरो अंकको गिरावट कायमै रहेको छ ।

बुधवारदेखि ओरालो लागेको बजार साताको कारोबारको तेस्रोदिन पनि शेयर बजार मापक सूचक नेप्से १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२५ कम्पनीको १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँ बराबरको ३८ लाख ९० हजार १३१ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । सोमवार २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये १२ वटा समूहको को परिसूचक राताम्मे भएका छन् । १ वटाको बढेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर किनबेच भएको छ ।

यस कम्पनीको ७ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा ग्लोबल आइएमई बैकको ७ करोड २६ लाख बढीको कारोबार भएको छ ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०९०.६० रुपैयाँ पुगेको छ ।

इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०१२.३० रुपैयाँ र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८७२.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज एनआइबीएल समृद्धि फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ५ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here