नाट्टा सदस्यमा साधुराम थापाको उम्मेदवारी

काठमाडौं, १५ चैत । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) निर्वाचन–२०२२ को लागि साधुराम थापा ‘सुरज’ले को उम्मेदवारी घोषण गरेका छन् ।

आगामी १७ गते हुने निर्वाचनका लागि विनय बस्नेत समूहको प्यानलबाट थापाले उम्मेदवारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय टिकेटिङमा राम्रो प्रभाव बनाएका थापाले आफू नाट्टाको सदस्य बनेर आइटा, एयरलाइन्स र जिडिएससम्बन्धी प्रमुख समस्याहरुलाई विशेष प्राथमिकतामा राखी दीर्घकालिन समाधान लागि उम्मेदवारी घोषण गरेको बताएका छन् ।

बस्नेत नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, सुनिल शर्मा, महासचिवमा जिश्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल रेजु उम्मेदवारको प्रत्यासी रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यमा विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा’सुरज’, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा, सुमनलाल श्रेष्ठ र राजकुमार पाठक रहेका छन् ।

यसअघि आइतबार नाट्टा अध्यक्षका लागि रमेश थापा नेतृत्वको समूहले पत्रकार सम्मेलन गरी प्यानलसहित प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ ।

अध्यक्षमा रमेश थापा, बरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजन शाक्यले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, डेन्डी शेर्पा, महेश कोइराला (दीपक), राम शोभित नायक, श्रद्धा जोशी र सवला भण्डारीले सदस्यमा उम्मेदवारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here