१८ समूहका १३५ जनाले लिए हिमाल आरोहणको अनुमति

फाइलफोटो

काठमाडौं, १६ चैत । बसन्त ऋतुमा हिमाल आरोहणको लागि १३५ आरोहीले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार बसन्त ऋतुमा १८ समूहका १३५ जनाले अनुमति लिएका हुन् ।

हिमाल आरोहण अनुमति लिनेमा १८ टीममा १०३ पुरुष सदस्य छन् भने ३२ जना महिला रहेका छन्।

चैत १५ गतेसम्मको तथ्यांक अनुसार हिमाल आरोणह गर्नेहरूबाट २ लाख ९५ हजार अमेरिकी डलर रोयल्टी संकलन भएको छ।

नेपालले वसन्त, शरद र हिउँद/ग्रीष्म गरी तीन सिजन हिमाल आरोहण सञ्चालन गर्छ । वसन्तकालीन सबैभन्दा महँगो र हिउँदरग्रीष्म सबैभन्दा सस्तो सलामी दस्तुर भएका सिजनमा पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here