नेप्सेमा ४०.६८ अंकको वृद्धि, धेरै कमाउने विकास बैंक र अन्य समूहका लगानीकर्ता

काठमाडौं, १६ चैत । साताको कारोबारको चौथो दिन शेयर बजार उच्च अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३२ कम्पनीको २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच भएका छन् ।

मंगलबार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँ बराबरको भएको थियो । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक हरियो भएको छ ।

अन्य समूह सबैभन्दा धेरै ४.१२ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स र विकास बैंक समूह पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १११३.५० रुपैयाँ पुगेको छ । राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११९९.६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९५९.८० रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.८५ बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज एनसीसी डिभेञ्चारका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब २ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ ।

त्यसैगरी, युनाइटेड इदी मर्दी ६.४९, तेह्रथुम पावर ६.४४, सिन्धु विकास बैंक ६.३८, कर्णाली विकास बैंक ६.१७, सप्तकोशी विकास बैंक ६.०७ र गुह्येश्वरी मर्चेन्टको सेयर मूल्य ६.०१ प्रतिशतले बढेको छ ।

यस कम्पनीको आज ११ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।्दोस्रोमा त्यसैगरी, प्रभु इन्स्योरेन्सको प्रमोटर शेयर पौने ११ करोड र नबिल बैंक १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here