आरटीजीएस प्रणाली सञ्चालनको समय सीमा बढ्यो

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालनको सीमा केही परिर्वतन गरेको छ।

राष्ट्र बैंकले बुधवार एक सूचना निकाल्दै आरटीजीएस प्रणाली संचालनको सीमा बढाएको हो ।

माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म आइतवारदेखि विहीवारसम्म बिहान ९ देखि ६ र कात्तिक १६ देखि माघ १५ सम्मका लागि बिहान ९ देखि ४ बजेसम्मको समय तोकेको छ ।

प्रत्येक शुक्रवार भने ९ देखि १:३० सम्मको लागि समय तोकेको छ । उक्त नियम बैशाख १ गतेदेखि लागू हुनेछ ।

आरटीजीएस भनेको कोष स्थानान्तरण गर्ने प्रणाली हो । जसबाट एक बैंकबाट अर्को बैंकमा रकम तथा ऋणपत्रहरु स्थानान्तरण गरिन्छ ।

यसलाई रियल टाइम ग्रस सेटलमेन्ट अर्थात वास्तविक समयमा कुल पछर्यौंट प्रणाली भनिन्छ।

आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।

यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय (रियल टाइम) मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here