सिद्धार्थ इन्स्योरेन्ससहित तीन कम्पनी शेयरमूल्य समायोजन, कुनको कति ?

काठमाडौं, १७ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्ससहित तीन कम्पनी शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा आरम्भ चौतारी लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर समायोजन भएको हो ।

बुधवारको अन्तिम मूल्यलाई आधार मानेर मूल्य समायोजन भएको छ । जसमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ९१ रूपैयाँ ३० पैसा कायम हुने गरी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ४३ रूपैयाँ २४ पैसा कायम हुने गरी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ८ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९।६२ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार एक सय १६ रूपैयाँ ८६ पैसा कायम हुने गरी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ३ सय ३६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here