मनकामना स्मार्ट लघुवित्तको शेयरधनीलाई कर तिर्न आग्रह, नतिरे बोनस नपाईने

काठमाडौं, १७ चैत । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

विहीवार सूचना जारी गर्दै बोनस शेयर वितरणको लागि रकम जम्मा गर्न आग्रह गरेको हो ।

संस्थाको पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट गत आर्थिक बर्षकाको मुनाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

शेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस शेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।

त्यसैगरी, संस्थाले बुकक्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनीहरूको बोनस शेयर फुकुवापत्र प्राप्त भएपश्चात् मात्र खातामा पठाइने समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here