४ हजार सैन्य पदमा दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौं, १७ चैत । जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आव्हान गरेको हो।

विभागका अनुसार खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति ११० महिला ३५८, जनजाति ५७२, मधेशी ५०५, दलित २ ७२ र पिछडिएको वर्गबाट ८५ जनाको माग गरिएको हो।

कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ ।

सैन्य पदका लागि शारिरीक योग्यता पनि कायम छ । पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । त्यस्तै, तौल कम्तीमा ५० केजी हुनुपर्नेछ ।

महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here