पन्त, धानुक र सिंह एआईजीमा बढुवा, गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

काठमाडौं, १७ चैत । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

विहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १ चैतमा डीआईजीहरु पन्त, धानुक र सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

तर, वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएपछी उनिहरुको बढुवा रोकिएको थियो ।

लोकसेवाले गृह मन्त्रालयले नै गरेको सिफारिसलाई बुधबार सदर गरेपछी सरकारलाई बढुवाका लागि बाटो खुलेको हो ।

यस्तै, गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जनाकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here