सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

फाइलफोटो

काठमाडौं, १७ चैत । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले गाडी भाडा १५ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो ।

सार्वजनिक यातायातको १० प्रतिशत र ढुवानी यातायातको १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय बिहीबार मन्त्रीस्तरको भएको हो। आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने जनाइएको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् ।

नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने मन्त्रालयको भनाई छ । मन्त्रालयको निर्णयमा यातायात व्यवसायीले पनि सहमति जनाएका छन् ।

डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here