सीमा विवादमा राजनीतिकरण नगर्ने समझदारी,ऊर्जा सहकार्यबारे संयुक्त वक्तव्य

काठमाडौं, १९ चैत । नेपाल र भारतका प्रधानमन्त्रीबीचको छलफलमा दुवै पक्षबीच सीमाको विषय संवादबाट हल गर्नुपर्ने र यस्ता सवालहरूको राजनीतिकरण गर्न नहुने समझदारी भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपाली प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले स्थापित संयन्त्रबाट सीमा समस्या हल गर्न अनुरोध गरेको बताएका थिए।

नेपाल र भारतबीच लामो समयदेखि सीमा विवादहरू छन् र दुवै देशले केही समय पहिले अद्यावधिक गरेका नक्साले ती समस्या थप जटिल बनेका छन्।

त्यस्तै बहुप्रतिक्षित पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन चाँडै टुंगो लगाउन दुवै देश तयार भएको छन् ।
संयुक्त वक्तव्यमार्फत प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी मोदी दुवैले नेपाल र भारतमा ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन्।

वक्तव्यअनुसार नेपालमा संयुक्त लगानीमा बन्ने जलविद्युत र नववीकरणीय ऊर्जा परियोजना निर्माणका लागि भारतले सहयोग गर्नेछ। नेपालले भारतीय लगानीकर्तालाइ जलविद्युतमा लगानी गर्न आमन्त्रण गर्नेछ।

यस्तै बीबीआईएन फ्रेमवर्कभित्र ऊर्जा सहकार्य सुदृढ गर्न पनि दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको वक्तव्यमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here