१० कारण, जसले टुटायो विश्वकप उचाल्ने भारतको सपना

सेमिफाइनलमा न्यूजिल्याण्डसँग १८ रनको हारसँगै विश्वभर भारतीय क्रिकेटको चर्चा जारी छ । खासगरी सेमिफाइनलसम्मको यात्राका दौरान सबैभन्दा शक्तिशाली देखिएको यो टोली एकाएक धरासायी देखियो । एकै विश्वकपमा ५ शतक लगाउने रोहित शर्मा फ्लप भएको यो खेलमा विराट कोहलीले पनि आफ्नो जादु देखाउन सकेनन् । यसैबीच भारतीय संचारमाध्यमहरुले भारत हार्नुका १० मूख्य कारण यसरी उल्लेख गरेका छन् :

#पहिलो बलमै डीआरएस
टस हारेर पहिले बलिङमा उत्रिएको भारतले पहिलो ओभरको पहिलो बलमै डीआरएसको सहारा लिएको थियो । भूवनेश्वर कुमारले एलबीडब्यू अपील गरे । यसमा अम्पायरले नटआउट दिएपछि भारतले डीआरएसको सहारा लियो । तर, यो निर्णय गलत सावित हुन पुग्यो । डीआरएस खेर गयो । विकेट गएन ।

#खराब फिल्डङ
भारतको फिल्डङ विश्वस्तरीय छ, त्यसमा कुनै द्धिविधा छैन । तर, बुधबार सम्पन्न सेमिफाइनलमा भारतले आफ्नो स्तर अनुसारको फिल्डिङ देखाउन सकेन । कैयौं रनआउटका मौका गुमे । जडेजा र कोहली जस्ता उत्कृष्ट फिल्डरले नै आफ्नो कला देखाउन सकेनन् । कतिपय अवस्थामा चौका रोक्न नसकेर पनि न्यूजिल्याण्डले पर्याप्त रन बनाउन सकेको थियो । खासगरी युजवेन्द्र चहेलले सबैभन्दा खराब फिल्डङ गरे ।

#एकै ओवरमा १८ रन
युजवेन्द्र चहलले ४४ औं ओवर बलिङ गरेका थिए । कम रनगतिमा अगाडी बढिरहेको न्यूजिल्याण्डलाई यो ओवर सबैभन्दा फलदायी रह्यो । उनले एक ओवरमै १८ रन दिए । भारतले हारेको पनि उनको ओवर बराबर अर्थातः १८ रन नै थियो ।

#छैटौं बलरको कमी
भारत ५ जना बलरका साथ मैदानमा उत्रिएको थियो । यदि एक जना बलर महंगो सावित भयो भने उसको सट्टामा बलिङ गर्ने अर्को खेलाडी भारतसँग उपलब्ध भएन । ४ खेलमा १४ विकेट लिएका मोहम्मद सामीलाई भारतले टीम बाहिर राखेको थियो । पुरै टीमले ४.७८ को रनरेटमा रन जोड्दा चहल र हार्दिक पाँड्याले क्रमशः ६३ र ५५ रन दिए ।

#टप अर्डर फ्लप
२४० रनको मध्यम योगफल भारतका लागि ठूलो लक्ष्य थिएन । किनकी भारतीय ब्याट्सम्यान उत्कष्ट फर्ममा थिए । तर, खेल सोचजस्तो भएन । ओपनर द्धय के एल राहुल र रोहित शर्मा तथा कप्तान विराट कोहली केवल १ रनमा आउट भए । टीमको स्कोर मात्र ५ रन रहेका अवस्थामा यी महत्वपूर्ण खेलाडी पेभिलियन फर्केपछि मध्यक्रम दवावमा आउनु स्वाभाविक थियो ।

#पन्तको खराब सट
२४० रनको लक्ष्य पछ्याएको भारत २४ रन बनाउँदा ४ विकेट पतनको अवस्थामा थियो । त्यस अवस्थाबाट यूवा ब्याट्सम्यान ऋषभ पन्तले हार्दिक पाँड्यासँग मिलेर ४७ रनको साझेदारी गर्दै टोलीको इनिङ सम्हालिरहेका थिए । यस्तैमा उनले छक्का प्रहार गर्ने क्रममा गलत सर्ट खेले र क्याच आउट भए । टीमका लागि उनी क्रिजमा टिक्नु निकै महत्वपूर्ण थियो । किनकी उनले ३२ रन जोडिसकेका थिए ।

#पाँड्याको गलत सर्ट
ऋषभ पन्त आउट भएपछि टोली अझै दवावमा थियो । यस्तोमा राम्रो लयमा ब्याटिङ गरिरहेका हार्दिक पाँड्याप्रति टीमको भरोसा बढ्दै थियो । तर, स्टम्पको बीचमै लाग्ने गरी फालिएको बलमा उनले छक्का प्रहार गर्न खोजे । तर, राम्रोसँग ब्याट र बलको सम्पर्क हुने सकेन । फलस्वरुप उनी विलियसमसनको क्याचको शिकार बने । उनी आउट हुँदा टोलीलाई ११८ बलमा १४८ रनको आवश्यकता थियो ।

#धोनीको स्लो ब्याटिङ
महेन्द्रसिंह धोनीको पहिचान नै फिनिसर हो । ठूल्ठूला सट प्रहार गर्दै फसेको टोलीलाई उद्धार गर्न माहिर मानिन्छन् उनी । तर, सेमिफाइनलमा उनी त्यसबाट चुके । उनले ठूला सर्ट खेल्न सकेनन् । उनले धेरै बल खाँदा अर्कोतर्फ ब्याटिङ गरिरहेका रवीन्द्र जडेजामाथि दवाव पर्यो । उनी निरन्तर ठूला सर्ट खेल्दै रन गति बढाइरहेका थिए । सोही प्रयासमा जडेजा आउट भए । धोनीले ७२ बलमा ५० रन जोडे ।

#धोनीका रनआउट
महेन्द्रसिंह धोनी अन्तिम बलसम्म क्रिजमा टिकेको भए खेलको नतिजा फरक पर्न सक्थ्यो । किनकी त्यो सम्भावना पनि थियो । तर, ४९ औं ओभरमा धोनी रनआउट भए । उनी विकेटको बीचमा दौडिने खेलाडीमध्ये सबैभन्दा तेज मानिन्छन् । तर, न्यूजिल्याण्डसँगको खेलमा दुई रन बनाउने कोसिसमा उनी आउट भए । उनी भूवनेश्वर कुमारसागै दौडिरहेका थिए । मार्टिक गुप्टिलको सिधा प्रहार स्टम्पमा लागेपछि धोनी आउट भए । सोही रनआउटपछि भारतको हार निश्चित भयो ।

#कम रन रेट
शुरुवात मै दवावमा आएपछि भारतले कुनै पनि समय रनरेट उकास्न सकेन । ३ सय बलमा २४० रन कुनै ठूलो लक्ष्य थिएन । तर, भारतले त्यसलाई कायम राख्न सकेन । जब खेलाडी ठूलो सट प्रहार गर्न खोजे, त्यसपछि उनीहरु आउट भए । जसले गर्दा न्यूजिल्याण्ड निरन्तर भारतमाथि दवाव बनाउन सफल भयो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here