ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, २० चैत । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले आइतवार बिहान ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँड गरेको हो।

मागभन्दा धेरै आवेदन परेको हुनाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।

२१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले समान १० कित्ता सेयर प्राप्त गरेका छन् । ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ।

कम्पनीले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आइपीओ जारी गरेको थियो।

कुल कित्तामध्ये ३ प्रतिशतले हुन आउने ९३ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले हुन आउने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी २८ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

लक्ष्मी क्यापिटल लिमिटेडकाे वेभसाइट ,ग्रीन भेन्चर्स लिमिटेडकाे वेभसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आइपीओ आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ ।

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here