एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा आएन् ? यसो गर्नुहोस्

काठमाडौं, २० चैत । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको बोनस शेयर लगानीकर्ताको हितग्राही खाता पठाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको १२ प्रतिशत बोनस शेयर लाभांश खातामा पठाएको हो ।

शेयर अभौतिकिकरण नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ ।

शेयर रजिष्ट्रार एनलाईबिएलएस क्यापिटलमा गई शेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

शेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस शेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ ।

शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । धिताे राखेकाे सेयरकाे हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter प्राप्त भएपछि मात्र बाेनस पठाइनेछ ।

बैंककाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here