क्रिकेटमा नेपालको ऐतिहासिक छलाङ, एकदिवसीय र टी–ट्वान्टी सिरिज कब्जा

क्लाउडपत्रिका
काठमाडौं माघ २१ ।
नेपालले अन्तरराष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । यूएईविरुद्ध नेपालले पहिलो पटक एकदिवसीय अन्तरराष्ट्रिय र टी–ट्वाण्टी अन्तरराष्ट्रिय सिरिज जितेको हो । नेपाल र यूएईबीच एकदिवसीयतर्फ ३ र टी–२० तर्फ ३ खेल भए । जसमध्ये नेपालले दुबै फम्र्याटमा पहिलो खेल हा¥यो भने दोस्रो र तेस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो ।


यूवा खेलाडीको भरोसाजनक प्रदर्शन
यस सिरिजमा नेपालका तर्फबाट युवा खेलाडीहरुले भरोसाजनक प्रदर्शन गरे । दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ सेख, सोमपाल कामी, सन्दीप जोरा, अविनास बोहोराजस्ता खेलाडीले उल्लेख्य प्रदर्शन गरे । त्यसो त कप्तान पारस खड्काको पहिलो एकदिवसीय अन्तरराष्ट्रिय शतक पनि यस सिरिजको उल्लेख्य सफलता हो । सोमपाल कामी बलिङतर्फ ५ विकेट लिने पहिलो नेपाली बने ।

विश्व कीर्तिमान
यूएईसँगको सिरिजमा नेपालका तर्फबाट केही विश्व कीर्तिमान समेत बने । यूवा खेलाडीको तर्फबाट बनेका यस्ता कीर्तिमानले नेपाली क्रिकेटको उज्जवल भविश्यको संकेत गर्छ । यस सिरिजमा सन्दीप जोरा टी–ट्वाण्टी अन्तरराष्ट्रियमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी बने । उता, रोहितकुमार पौडेल एकदिवसीय अन्तरराष्ट्रियमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी बने ।

यस्तो रह्यो नतिजा

पहिलो एकदिवसीय
नेपाल ः ११३\१०
यूएई ः ११६\७ (जित)
दोस्रो एकदिवसीय
नेपाल ः २४२\९ (जित)
यूएई ः ९७\१०
तेस्रो एकदिवसीय
यूएई ः २५४\६
नेपाल ः २५५\६ (जित)
पहिलो टी–ट्वाण्टी
यूएइ ः १५३\६ (जित)
नेपाल ः १३२\७
दोस्रो टी–ट्वान्टी
यूएइ ः १०७\१०
नेपाल ः १११\६ (जित)
तेस्रो टी–ट्वाण्टी
नेपाल ः १०४\८ (जित)
यूएई ः ९०\८

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here