भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २० चैत । भन्सार एजेन्डको परीक्षा तालिका सार्वजनिक भएको छ । भन्सार विभागले आइतवार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो ।

उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि भन्सार एजेन्टको परीक्षा अघि बढेको हो ।

फागुन २६ गते उच्च अदालत पाटनले तत्काल परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो।

त्यसपछि तोकिएको परीक्षा नै स्थगन भएको थियो। भन्सार विभागले सूचना जारी गर्दै वैशाख १७ गते शनिबार २ बजेलाई मिति तय गरेको छ। परीक्षा केन्द्र केही दिनमा जारी गरिनेछ।

भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेको थियो ।

पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।

भन्सार एजेन्टल विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात-निर्यातमा सहजीकरण गर्ने छन् । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुनेछ ।

भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनोटगरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० जनामा सीमित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here