शेयर बजारमा दोहोरो अंकको गिरावट, सबै समूहको परिसूचक राताम्मे

काठमाडौं, २० चैत । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ४६ करोड ७ लाख ७३ हजार २२९ रुपैयाँ बराबरको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । विहीवार १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १ स्थीर भएको छ । भने १२ वटा घटेको छ । धेरै गुमाउने फाइनान्सका र विकास बैंकका लगानीकर्ता रहेका छन् ।

अन्य समूह सबैभन्दा धेरै ३१३ प्रतिशतले घटेको छ । घट्दो बजारमा राष्ट्र उत्थान, नेष्डो लघुवित्त वित्तिय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सूर्य लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स, कारोबार भएको छ । यसको ५ करोड १ लाख भन्दा बढीको कारोबार भएको छ । तेस्रोमा नबिल बैंकको ४ करोड २४ लाख बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here