पर्यटक आगमन उत्साहजनक, मार्च महिनामा ७६ हजार जनाले गरे आवतजावत

काठमाडौं, २० चैत । पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार मार्च महिनामा नेपालमा विदेशी पर्यटकको संख्या बढेको छ ।

तथ्यांक अनुसार मार्च महिनामा मात्र नेपालमा ७६ हजार ४२ जना पर्यटक आवतजावत गरेका छन् । यीमध्ये ४२ हजार ६ जना नेपाल आएका थिए भने ३४ हजार ३६ जना नेपालबाट स्वदेश फर्केका थिए ।

विभागका अनुसार गएको जनवरीमा नेपालमा १६ हजार ९७५ जना पर्यटक भित्रिएका थिए । सोही समयमा १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका थिए ।

गत फेब्रुअरी महिनामा नेपालमा कूल ३७ हजार ७४ जना पर्यटक आवतजावत गरेका थिए ।

यीमध्ये नेपाल आउनेको संख्या १९ हजार ७६६ रहेको थियो भने नेपालबाट स्वदेश फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। मार्च महिनामा भारतबाट मात्रै १५ हजार १३ जना भित्रिएका छन् ।

१३ हजार ९४२ जना फर्किएका छन् । अमेरिकाबाट मात्रै ४ हजार ८ सय ९६ जना नेपाल भित्रिएका छन्। ४३२१ जना बाहिरिएका छन् ।

बोर्डका अनुसार २०२१ भरी कुल १ लाख २६ हजार २ सय ८३ जना पर्यटक नेपाल भित्रिएका छन्।

सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here