असुरक्षित बन्दै ग्याँस सिलिण्डर, बाह्रबिसेमा तीन बालबालिकाको मृत्यु

तस्वीर स्रोत : गोरखापत्र

सिन्धुपाल्चोक, २१ चैत । नेपालमा खाना पकाउने ग्याँसको सुरक्षामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । यसैक्रममा सिन्धुपाल्चोकमा एक दुखद घटना भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा आइतबार साँझ ७ बजे खाना पकाउने ग्याँसको सिलिण्डर विष्फोटमा परि तीन बालबालिकाको ज्यान गएको छ ।

लामाटोलका मीनबहादुर तामाङको घरमा ग्याँस पडकेर आगलागी भएको हो । घटनाको बेला घर भित्रै खेलिरहेका बालबालिकाको मृत्यु भएको हो । घटनामा जलेर मीनबहादुरका १० बर्षका छोरा इशाक तामाङ, भाई कुमार तामाङको ५ बर्षीय छोरा सरगम तामाङ र पदम तामाङकी २ बर्षीया छोरी दिब्या तामाङको ज्यान गएको हो ।

प्रहरीका अनुसार मीनबहादुर घाइते छन् । उनको थप उपचार काठमाडौंमा भइरहेको छ । यसअघि गत कात्तिकमा मंगलबजारमा समेत ग्यास सिलिण्डर विष्फोट र त्यसपछि भएको आगलागीमा परि ५ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here