कोरोनाका कारण अध्ययनमा विदेश जान पाउनु भएको थिएन ? शुक्रबारसम्म पाइने छ निवेदनको मौका

काठमाडौं, २१ चैत । कोरोनाका कारण अध्ययन गर्न विदेश जानबाट वञ्चित भएका विद्यार्थीले पुनः एक पटक अवसर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्ता विद्यार्थीले आगामी शुक्रबारसम्म पुनः निवेदन दिन सक्ने गरि सूचना जारी गरेको छ ।

कोरोना महामारीका कारण चीन लगायत देशबाट फर्किएका विद्यार्थीले अध्ययनका लागि पुनः सम्बन्धित देश जान आउँदो शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिन सक्ने शिक्षा मन्त्रालयको भनाई छ ।

कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केपछि पुनः सो मुलुक जान पाएका थिएनन् । कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका उनीहरुलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन समेत भनेको छ ।

चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here