एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, २१ चैत । एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीसमक्ष गोपनीयताको शपथ लिएका हुन् । एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारणबाट अग्रवाल अध्यक्ष बनेका थिए ।

बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार संस्थापक शेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघाई निर्विरोध निर्वाचित एका छन् भने सर्वसाधारण शेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्र प्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई उनीहरूले बैंकको प्रगतिमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनीहरूको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै विदाई समेत गरेको छ ।

साधारण सभा सम्पन्न भएपश्चात् बसेको आईतबार नै बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ ।

एनआईसी एसिया बैंकको मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here