शेयर बजारको ओरालो यात्रा कायमै, कारोबारमा सुधार

काठमाडौं, २१ चैत । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.०९ अंकले घटेर २४९७.३२ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको १ अर्ब ५८ करोड ४६ लाख ९१ हजार ५६२ रुपैयाँ बराबरको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार १ अर्ब ४६ करोड ७ लाख ७३ हजार २२९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक घटेको छ ।

घट्दो बजारमा राष्ट्र उत्थान, नेष्डो लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी इमर्जिङ नेपाल शेयर किनबेच भएको छ । यस कम्पनीको ६ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नबिल बैंकको ५ करोड ६६ लाख बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here