५०५९ जनाको परीक्षण गर्दा ३३ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जना र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गर्दा १ गरी ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ५०७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६५ हजार ७१४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here