सीडी रेसियो निर्धारित सीमाभित्र ल्याउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर सीडी रेसियो निर्धारित सीमाभित्र ल्याउन निर्देशन दिएको छ ।

सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै सीडी रेसियो निर्धारित सीमाभित्र ल्याउन निर्देशन दिएका हुन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुने व्यवस्था गरेको थियो। त्रैमासिक मौद्रिक समीक्षामार्फत असारसम्ममा उक्त दर कायम गर्नुपर्ने गरी बैंकहरुलाई समय दिइएको थियो।

तर आजको छलफलमा सकेसम्म अहिले नै ९० प्रतिशत कायम गर्न सीइओहरुलाई भनेको छ। अहिले बैंकहरुको सीडी रेसियो झण्डै शतप्रतिशतसम्म पुगेको छ।

छलफलमा विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पाैडेल र बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक किरण पण्डित पनि सहभागी थिए ।