सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं, २२ चैत । नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदीको भाउमा भने गिरावट देखिएको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here