जागिरको खोजिमा हुनुहुन्छ ? मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकवाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था मञ्जुश्री फाइनान्सले कर्मचारी माग गरेको ।

मंगलवार सूचना जारी गर्दै शाखा प्रबन्धक १ र सहायक १० जना कर्मचारीको माग गरेको हो ।

नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हेटौँडा स्थित शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो व्यक्तिगत विवरण तथा निवेदनमा पद उल्लेख गरि सूचना प्रकाशन भएको मितिदेखि सात दिन भित्र फाइनान्सको vacancy @manjushreefinance.com.np मा पठाईसक्नुपर्ने सूचनामा उल्लेख छ । स्थानीयलाई विशेष प्रथामिकता दिइने छ ।

आवश्यक योग्यता शाखा प्रबन्धकको लागि व्यवस्थापनका स्नातक तह उत्तिर्ण गरेको र बैकिङ, सहकारी वा बीमामा ३ वर्ष काम गरेको अनुभव तोकिएको छ ।

सहायकको लागि व्यवस्थापनका स्नातक तह उत्तिर्ण गरेको र १८ वर्ष पूरा गरि ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here