शेयर बजारमा पहिरो, इमर्जिङ नेपालको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । साताको कारोबारको तेस्रोदिन शेयर बजारमा पहिरो गएको छ । कारोबारको तीन घण्टा २ बजेसम्ममा नेप्से ५९.४० अंकले घटेको छ ।

बजार खुलेदेखि नै आरोला लागेको बजार २४३९.१२ विन्दुमा झरेको छ ।

त्यस बेलासम्म कारोबारमा आएका २२४ कम्पनीको १ अर्ब ९३ करोड २६ लाख ४१ हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

कारोबार सुरू भएदेखि नै निरन्तर जसो सर्किट लाग्दै आएको इमर्जिङ नेपाल लिमिटेडको ओरालो यात्रा सुरू भएको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर एक हजार ३ सय २३ रूपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here