शेयर बजारमा उच्च अंकको गिरावट, धेरै गुमाउने इमर्जिङ नेपालका लगानीकर्ता

काठमाडौं, २२ चैत । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४६.४६ अंकले घटेर २४५२.६ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार १ अर्ब ५८ करोड ४६ लाख ९१ हजार ५६२ रुपैयाँरुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचम मध्ये १२ वटाको घटेको छ भने एक वटाको बढेको छ । अन्य समूह सबैभन्दा धेरै ३.६६ प्रतिशतले घटेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

त्यसैगरी, नारायणी विकास बैंक ६.३७, युनाइटेड इदीमर्दी ६.०१, जनरल इन्स्योरेन्स ५.६९, नेपाल टेलिकम, लाइफ इन्स्योरेन्स कर्पोरेशन, राष्ट्रिय बीमा कम्पनी, मिर्मिरे माइक्रोफाइनान्स लगायत १ दर्जन कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमेटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ६७ लाख भन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी, नबिल बैंक साढे ८ करोड र नेपाल लाइफ इन्स्योरेन्स साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here