खाना पकाउने ग्याँस प्रतिसिलिन्डर २५ रुपैयाँ मंहगो, अरुमा कति भयो मूल्यवृद्धि ?

काठमाडौं, २३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै खाना पकाउने ग्याँस समेत महंगो भएको छ । नेपाल आयल निगमले गत रातीबाटै लागु हुने गरि मूल्य वृद्धि भएको जानकारी गराएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढेको हो ।

अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो । अब सञ्चालक समितिले निर्णय गरेर एकमहिनाभित्रै स्वचालित बनाउने तयारी छ ।

यसो भएमा इन्धनको मूल्य थप बढ्ने बताइएइको छ । निगमलाई पेट्रोलको मूल्यमा प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा लागत छ । मट्टितेलको १३६ रुपैयाँ ३१ पैसा र डिजेलको १७१ रुपैयाँ लागत रहेको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here