नेपालको आर्थिक वृद्धिदर ३.९ % मा सीमित रहने एडीबीको प्रक्षेपण

काठमाडौं २३ चैत । एसियाली विकास बैंक एडीबी ले चालु आर्थिक वर्ष २०७८\७९ तथा सन् २०२२० मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलब ९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

एडीबीले महामारीविरुद्ध खोप अभियान जारी रहेको, आर्थिक गतिविधिहरु क्रमशः सामान्य बन्दै गएका कारण समेत उक्त लक्ष्य प्राप्त हुने बताएको छ । यता युक्रेन–रुस युद्धले विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी, कच्चा तेल तथा अन्य वस्तुको मूल्यका कारण भने मुद्रास्फीतिमा चाप पर्ने एडीबीले उल्लेख गरेको छ । जसले नेपालको भुक्तानी सन्तुलन र विदेशी मुद्रा संचितिमा थप दबाब पर्ने समेत बताएको छ ।

यो वर्ष उद्योगको वृद्धि भने ४.१ प्रतिशत रहने अनुमान गरिएको छ । त्यस्तै थोक र खुद्रा व्यापार, यातायात र वित्तीय सेवा ५.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । एडीबीले सन् २०२१ मा पर्यटनमा परेको नकारात्मक प्रभाव समेत यस वर्षबाट सुधार हुँदै जाने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here