अधिकांश समुह ओरालो लाग्दा २३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

काठमाडौं २३, चैत । बुधबार नेप्से परिसुचक २३ दशमलव ३२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार २ हजार ४ सय २८ दशमलव ७५ अंकमा पुगेर बन्द भएको हो ।

२ सय २६ कम्पनीको ४३ लाख ७२ हजार १ सय ७१ कित्ता सेयरबाट १ अर्ब ९९ करो २९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार कारोबारमा आएकामध्य होटल तथा पर्यटन, सामूहिक लगानी कोष र अन्य उपसमूह बाहेक आज अधिकांश उपसमूहमा गिरावट आएको छ।

आज बजारमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक १७ अंकले घट्दा वित्त र लघुवित्त समुहको परिसुचकमा क्रमशः ३१ र ५३ अंकको गिरावट आएको छ ।

त्यस्तै जीवन बीमा समुहको परिसुचकमा १ सय अंकको गिरावट आउँदा निर्जिवन बीमा समुहको परिसुचक १ सय ५३ अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here