स्टक क्लियरेन्स मेला सुरु, एकै छानामुनी उपभोग्य सामग्री पाइने

काठमाडौं २३,चैत । बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको आयोजक इभेण्ट सोलुसन प्रालिले जानकारी दिएको छ ।

मेलामा ५० भन्दा बढी स्टलमा दैनिक उपभोग्य सामग्रीका साथै वस्तु तथा सेवा उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।
‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा चैते दशैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले जानकारी दिए ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता छ । विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ ।

जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् । चैत २७ गते चैते दशैंका दिनसम्म सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here